काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा टी–२० सिरिज खेल्ने भएको छ ।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अगस्ट १४ देखि २४ सम्म नेपाली टोलीले अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी–२० सिरिजु मा सहभागिता हुने जनाएको हो ।
नेपालले डार्विनस्थित डिएक्ससी एरेना, टिआईओ स्टेडियम र क्याजलीज एरेनामा खेल्नेछ ।
क्यानले अस्ट्रेलियामा हुने तयारीले आगामी टी–२० विश्वकप छनोटमा नेपाली टोलीको प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ । सिरिजमा नेपालसहित चार अन्तर्राष्ट्रिय टोली सहभागी हुनेछन् ।


