काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले आज इन्डोनेसियाविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
आइतबार मलेसियामा जारी खेलमा नेपालले इन्डोनेसियाविरुद्ध टस हारेपछी इन्डोनेसियाले पहिले बलिङ गर्ने भएको हो । यो संगै नेपालले ब्याटिङ गर्दै छ ।
यस कपमा नेपाल शुरुका दुवै खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेको छ र नेपाल समुह ए मा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै इन्डोनेसियाले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
यस कपमा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।


