आइतबार, भाद्र २८ गते २०८३
images

एएफसी महिला एसिया कप छनोटमा नेपालले आज लाओसको सामना गर्दै

एक्सप्रेस पाना
आषाढ १५, २०८२ आइतबार
  • 200
    SHARES
  • एएफसी महिला एसिया कप छनोटमा नेपालले आज लाओसको सामना गर्दै

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज एएफसी महिला एसिया कप छनोटमा लाओसको सामना गर्दैछ ।

    images

    उज्बेकिस्तानमा हुने यो खेल नेपाली समय अनुसार साँझ ६:१५ बजेदेखि शुरु हुनेछ ।

    फिफा वरियतामा लाओस नेपालभन्दा पछाडीको टिम हो । नेपाल हाल फिफाको महिला वरियताको सयौं स्थानमा छ भने लाओस १०७औं स्थानमा रहेको छ ।

    images

    यसैगरी नेपालले दोस्रो खेल जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।

    राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले एएएफसी महिला एसियाली कप छनौट खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टिम २१ सदस्यीय टिम छानेका छन् ।  

    नेपाली टोलीमा

    गोलरक्षक : अञ्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ र अन्जना राना मगर

    डिफेन्डर : गीता राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाइँ, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना र अमृता जैसी

    मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिति राई, सरु लिम्बू, सविता राना मगर र सरस्वती हमाल

    फरवार्ड : सावित्रा भण्डारी ‘साम्बा’, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल ।

  • सम्बन्धित विषय:

  • # महिला एसिया कप छनोट