काठमाडौं । नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ ।
एसीसी यू-१६ इस्ट जोन कपको आइतबार भएको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउदै ४२० रन बनाएको हो ।
नेपालका लागि ओपनर प्रसिद्ध जैसीले शतकीय पारी खेल्दै सर्बाधिक १३२ रन बनाए भने अर्का ओपनर परिमार्जन यादवले ७१ रन बनाए । त्यसैगरी रौनक श्रीवास्तवले ८८ रन बनाएर आउट भए भने जोय थापाले ५७ रन बनाए ।
त्यस्तै इन्डोनेसियाका बलर केटुट दर्मा पुट्राले २ विकेट लिए भने केभिन नीरज चड्डा, महेन्द्र अजी युदा प्रतामा र रेहान रिजाले एक एक विकेट लिएका थिए ।


