आइतबार, भाद्र २८ गते २०८३
images

यू-१६ इस्ट जोन कप:इन्डोनेसियामाथि नेपालकोे शानदार जित

एक्सप्रेस पाना
आषाढ १५, २०८२ आइतबार
  • 318
    SHARES
  • यू-१६ इस्ट जोन कप:इन्डोनेसियामाथि नेपालकोे शानदार जित

    काठमाडौं । नेपालले एसीसी पुरुष यू–१६ इस्टो जोन कप प्रतियोगिताको तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले पराजित गरेको छ । 

    images

    मलेसियामा आइतबार भएको खेलमा कप्तान विपिन शर्माले ६ विकेट लिँदा नेपालले लगातार तेस्रो जित दर्ता गरेको हो ।

    नेपालले दिएको ४ सय २१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसियाले २४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ५० रन बनायो । 

    images

    नेपालका लागि बलिङतर्फ विपिनले सर्वाधिक ६ विकेट लिए । ७ ओभर ३ बलिङ गरेका उनले २ मेडन ओभर फाल्दै १२ रन खर्चे । 
    नेपालका लागि प्रसिद्धले १ सय ३२ रनको शतकीय पारी खेले । १ सय १४ बल खेलेका उनले १५ चौका र १ छक्का प्रहार गरे ।

    त्यस्तै परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतकीय पारी खेले । परिमार्जनले २८ बलमा ७१ रन बनाउँदा रौनकले ७१ बलमा ८८ र जोयले ४१ बलमा ५७ रन बनाए । 

    नेपालका सुगम बुढाथोकीले ३९ रनको योगदान गरे ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २० रन बनाएको थियो ।  

    आजको खेलमा जित निकाल्दै नेपाल ३ खेलबाट ६ अंक जोडेर समूह ‘ए’ तालिकाको शीर्ष स्थानमा उक्लेको छ । 

  • सम्बन्धित विषय:

  • # यू-१६ इस्ट जोन कप