काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा नेपालले लाओसलाई हराउँदै जित निकालेको छ ।
आइतबार उज्वेकिस्तानमा भएको खेलमा सावित्रा भण्डारी साम्बाको ह्याट्रिकमा नेपालले लाओसमाथि ९-० को फराकिलो जित निकालेको हो ।
नेपालको फराकिलो जितमा यसै खेलबाट कप्तानी डेब्यु गरेकी सावित्राले ४ गोल गरिन् भने अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी, रश्मी कुमारी घिसिङले १-१ गोल गरे ।
यो जितसँगै नेपाली महिला फुटबल टिमको आफ्नो १००औं अन्तर्राष्ट्रिय खेललाई स्मरणीय बनाएको छ ।
नेपालले अब जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।


