काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा सावित्रा भण्डारी ‘साम्बा’ लाई नियुक्त गरिएको छ ।
आइतबारबाट सुरु भएको एएफसी एसियन कप छनोटमा लाओसविरुद्धको खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले साम्बलाई कप्तानमा नियुक्त गरेका हुन् ।
प्रशिक्षक वाइल्डले खेलअघि साम्बालाई कप्तानको जिम्मेवारी दिँदै लाओसविरुद्ध सुरुवाती–११ पनि सार्वजनिक गरेका थिए । साम्बा नेपाली महिला फुटबल टोलीको ११औँ कप्तान बनेकी हुन् ।
कप्तानी डेब्युमा ह्याट्रिक हान्दै १००औं अन्तर्राष्ट्रिय खेलमा नेपालको सानदार जित निकालेको छ । लाओसलाई ९-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले एएफसी महिला एसियन कप छनोटमा आइतबार विजयी सुरुवात गरेको हो । उक्त खेलमा सम्बाले ४ गोल गरेकी थिइन् ।



