आइतबार, भाद्र २८ गते २०८३
images

यू-१६ इस्ट जोन कप:भुटानमाथी नेपालको शानदार जित

एक्सप्रेस पाना
आषाढ १७, २०८२ मंगलबार
  • 426
    SHARES
  • यू-१६ इस्ट जोन कप:भुटानमाथी नेपालको शानदार जित

    काठमाडौं । जारी एसीसी यू-१६ इस्ट जोन कपमा भुटानमाथी नेपालले शानदार जित निकालेको छ । 

    images

    मंगलबार मलेसियामा भएको खेलमा नेपालले भुटानलाई २९८ रनले हराएको हो ।

    ३५९ रनको लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा अलआउट हुँदै ६० रन मात्र बनाउन सक्यो ।

    images

    भुटानलाई अलआउट गराउन नेपालका लागि विपिन शर्माले ४ तथा सुयोग भट्टराई र सचिन भट्टले २-२ विकेट लिए । 

    त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो । 

    नेपालका लागि रौनक श्रीवास्तवले शतकीय पारी खेले  । उनले १६८ रन बनाए भने जोय थापाले ६१ रन बनाउँदा शिवान्स बजगाईंले ५४ रन बनाए । सुगम बुढाथोकीले ३५ रन जोडे । 

    कपमा चारै खेल जितेको नेपालले सेमिफाइनल खेल्ने पक्का भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # यू-१६ इस्ट जोन कप