काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको निम्ति कर्णाली याक्सले सोमपाल कामीहित ७ खेलाडीलाई रिटेन गरेको छ ।
सोमपालसहित गुल्सन झा, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, नन्दन यादव, दीपेन्द्र रावत र युनिस विक्रम ठकुरीलाई रिटेन गरेको गरेको कर्णाली याक्सले जनाएको हो । सोमपाल कर्णाली याक्सको मार्की खेलाडि हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले जारी गरेको वार्षिक क्यालेन्डरमा एनपीएलको दोस्रो संस्करण नोभेम्बरमा हुने जनाएको छ ।



