शुक्रबार, भाद्र २६ गते २०८३
images

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

एक्सप्रेस पाना
आषाढ १८, २०८२ बुधबार
  • 362
    SHARES
  • बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

    काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको आरोपमा छ महिनाको जेल सजाय सुनाइएको छ ।

    images

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार,अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बुधबार यो सजाय सुनाएको हो । हसिना र स्थानीय नेता शकिल बुलबुल बीचको फोन वार्ताको अनुसन्धान गरेपछि न्यायाधिकरणले यो फैसला सुनाएको हो ।

    यो कुराकानी गत वर्ष सामाजिक सञ्जालमा भाइरल भएको थियो र धेरै पत्रिकाहरूले पनि यसलाई प्रकाशित गरेका थिए। यो कथित अडियो क्लिपमा, शेख हसिनाले आफूविरुद्ध २२७ मुद्दा दर्ता भएको भन्दै सुनिएकी थिइन्, त्यसैले उनलाई २२७ जनाको हत्या गर्ने लाइसेन्स मिलेको बताएकी थिइन् ।

    images

    सोही मुद्दामा शाकिल अकन्द बुलबुललाई पनि दुई महिनाको जेल सजाय सुनाइएको छ । 

    गत वर्ष अगस्ट ५ मा बंगलादेशमा भएको ठूलो विद्रोहपछि शेख हसिनाले पद त्यागेर भारतको शरणमा पुगेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # शेख हसिना