आइतबार, भाद्र २८ गते २०८३
images

साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको शानदार जित

एक्सप्रेस पाना
आषाढ १८, २०८२ बुधबार
  • 325
    SHARES
  • साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको शानदार जित

    काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा श्रीलंकामाथि नेपालले शानदार जित निकालेको छ ।  

    images

    बुधबार जारी एएफसी महिला एसियन कप छनोटका खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले हराएको हो । 

    नेपालका लागि खेलको छैटौं मिनेटमा गीता राणाले हेडमार्फत पहिलो गोल गरेकी थिइन् भने सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरेकी थिइन् । साम्बाले खेलको २०औं, ४२औ र ४५औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेकी हुन् । 

    images

    त्यसपछि ५४औं मिनेटमा गीता राणाले पेनाल्टीमार्फत गोल गरिन भने खेलको ६२औं मिनेटमा निशा थोकरले हेडमार्फत गोल गरेकी थिइन् । त्यसपछि खेलको ७८औं मिनेटमा रेखा पौडेलले र ८२औं मिनेटमा पुजा रानाले गोल गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # एएफसी महिला एसियन कप