काठमाडौं । एसीसी यू १६ इस्ट जोन कपको सेमिफाइनलमा नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्दै छ ।
नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर बलिङ गर्ने निर्णय गरेसंगै मलेसियाले ब्याटिङको निम्तो पाएको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्दै छ। मलेसिया भने समूह ‘बी’को उपविजेता हो


