काठमाडौं । मलेसियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ ।
बिहिबार एसीसी यू-१६ इस्ट जोन कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले ४३.१ ओभरमा अल आउट हुदै ९० रन बनाएको हो ।
मलेसियाका लागि मुहमद फाथुल मुइनले सर्बाधिक ३८ रन बनाए भने कप्तान डीआज पात्रोले १० रन बनाए। मलेसियाक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसैगरी नेपाली बलर अभय यादवले सर्बाधिक ४ विकेट लिए भने शुभम खनालले ३ र कप्तान विपिन शर्मा र सचिन भट्टले एक एक विकेट लिए।


