आइतबार, भाद्र २८ गते २०८३
images

कार दुर्घटनामा परेर लिभरपुलका फुटबलर स्टार डियागो जोटाको निधन

एक्सप्रेस पाना
आषाढ १९, २०८२ बिहीबार
  • 507
    SHARES
  • कार दुर्घटनामा परेर लिभरपुलका फुटबलर स्टार डियागो जोटाको निधन

    काठमाडौं । पोर्चुगलका स्टार फुटबलर स्टार डियागो जोटाको निधन भएको छ । कार दुर्घटनामा परेर उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    images

    स्पेनी अखबार मार्काका अनुसार उनको बिहिबार बिहान स्पेनको जामोरा प्रान्तमा भएको सडक दुर्घटनामा मृत्यु भएको हो ।

    गाडी सडकमा पल्टिएपछि घातक आगलागी हुँदा खेलाडीको मृत्यु भएको बताइएको छ।

    images

    जोटाले एनफिल्डमा प्रिमियर लिग, एफए कप र लिग कप जितेका थिए र लिभरपुलका लागि १८२ खेलमा ६५ गोल गरेका थिए।

  • सम्बन्धित विषय:

  • # लिभरपुल