आइतबार, भाद्र २८ गते २०८३
images

यू-१६ इस्ट जोन कप फाइनल:सिंगापुरले नेपाललाई दियो ११४ रनको लक्ष्य

एक्सप्रेस पाना
आषाढ २१, २०८२ शनिबार
  • 207
    SHARES
  • यू-१६ इस्ट जोन कप फाइनल:सिंगापुरले नेपाललाई दियो ११४ रनको लक्ष्य

    काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा नेपाललाई ११४ रनको लक्ष्य दिएको छ ।

    images

    टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ४०.५ ओभरमा अल आउट हुदै ११३ रन मात्र बनाएको हो ।

    सिंगापुरका लागि रोहण अस्टिन अरुणले २३ तथा कप्तान रियान नायकले १५ रन बनाए भने पुछारका ब्याट्सम्यान आकास तेजाले १० र भेदांश गुप्ताले १२ रन बनाए ।

    images

    त्यस्तै नेपाली बलर अभय यादव र सुशील बहादुर रावलले ३-३ विकेट लिए भने कप्तान शुभम खनालले २ तथा विपिन शर्माले एक विकेट लिए ।