काठमाडौं । जारी एएफसी महिला एसियन कप छनोटमा आज नेपाल र उज्बेकिस्तानबीच खेल हुदैछ । खेल नेपाली समय अनुसार राति ९स् १५ बजेदेखि शुरु हुदैछ ।
समुह एफबाट एसियन कपमा छनौट हुन यो खेल दुवै देशका लागि जित्नैपर्ने अवस्था बनेको छ । समुह एफ मा नेपाल र उज्बेकिस्तानको २(२ खेलमा ६(६ अंक भएको छ । रोचक कुरा नेपाल र उज्बेकिस्तानले दुवै खेलमा १७(१७ गोल गरेका छन र दुवैले कुनै गोल खाएका छैनन् । दुवैको गोल अन्तर १७(१७ नै रहेको छ ।
यो खेल बराबरी भएमा खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिनेछ ।
फिफा वरियतामा नेपालभन्दा उज्बेकिस्तान धेरै अगाडी रहेको छ । नेपाल सयौं स्थानमा छ भने उज्बेकिस्तान हाल फिफा वरियतामा ५१औं स्थानमा रहेको छ ।


