शुक्रबार, श्रावण २९ गते २०८३
images
images

खाडी देशको भ्रमणमा रहेका कुलमानले भने:म कुनै पार्टीको झन्डा लिएर आएको होइन्

एक्सप्रेस पाना
आषाढ २२, २०८२ आइतबार
  • 220
    SHARES
  • खाडी देशको भ्रमणमा रहेका कुलमानले भने:म कुनै पार्टीको झन्डा लिएर आएको होइन्

    काठमाडौँ  । मध्यपूर्वी देशहरुको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उर्जा क्षेत्रबाट नै मुलुकमा समृद्धि ल्याउन सकिने बताएका छन् । 

    images

    नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका उनले बहराइनबाट उज्यालो अभियान सुरु गर्ने घोषणा पनि गरे ।  बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् ।

    नागरिक अभिनन्दन ग्रहण गर्दै घिसिङले आफू कुनै पार्टीको झन्डा लिएर खाडी क्षेत्रमा नआएको बताए । ‘म कुनै पनि पार्टीको झन्डा लिएर आएको होइन । म कुनै पार्टीको घोषणा गर्न बहराइन आएको होइन। म सरकारी कर्मचारी वा सरकारको प्रतिनिधि भएर पनि आएको होइन,’ घिसिङले भने,‘एउटा जिम्मेवार नागरिक भएको हिसावले तपाईहरुसँग हातमा हात मिलाउन, साथमा साथ मिलाउन र तपाईहरुको संकल्पलाई अभियानको रुपमा अगाडि बढाउन आएको हुँ ।’

    images

    उनले बहराइनबाट उज्यालो अभियान सुरु गरेको बताए । ‘यो उज्यालो अभियान बहराइनबाट सुरु गरेका छौं । यो अभियान अरु देशमा पनि पुग्नेछ,’ उनले भने, ‘तपाईहरू कसरी अगाडि बढ भन्नुहुन्छ, त्यसरी नै मेरो पाइला अगाडि बढनेछ ।’ घिसिङले आफ्नो अभियान बारे थप बताएनन्, तर हालै समाचार एजेन्सी, नेपाल न्युज बैंकसंग कुरा गर्दै उनले  सबै जनताको मुहारलाई उज्यालो गराउनुपर्ने बताएका थिए।  

    ‘मैले ३० वर्षसम्म जुन डेलिभरी दिएर एउटा ठाउँमा पुगें सोही क्रममा लोडसेङि अन्त्य मात्र होइन घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई नाफामा ल्याउनेदेखि देशभर विद्युतीकरण गर्ने काम गरियो । त्यति मात्र नभएर भारतदेखि बंगलादेशसम्म विद्युत निर्यात भयो  । अब उज्यालो नेपाल वा उज्यालो अभियान भनेको बत्तिको मात्रै उज्यालोले भएन,’उनले भने, ‘अँध्यारो हटाउनुपर्ने ठाउँ धेरै छन्, धेरै क्षेत्रमा अँध्याराहरु छन् । सबै क्षेत्रको अँध्यारोलाई उज्यालोमा कन्भर्ट  गर्नुपर्यो ।’

    एक प्रश्नको जवाफमा घिसिङले हाम्रा मान्छे होइन, राम्रा मान्छेलाई प्राथमिकता दिनुपर्ने बताए । ‘हामीले जनतामा आत्मविश्वास जगाउन सकेनौं । त्यसकारण निरासा बढ्दो छ । यी सबै कुराहरुलाई सम्बोधन गर्न राम्रो मान्छेको लिडरसिप जरुरी छ । देशको समग्र अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा गर्दा त्यो क्षेत्र राजनीति पनि हुन सक्छ । तर, कसरी अघि बढ्ने भन्ने विषयमा हामी छलफल गरेर अघि बढ्छौं,’ उनले भने।

    घिसिङ बहराइनपछि युएइ, ओमान र कतारमा विभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भइरहेका छन् । अगष्ट महिनामा उनी अमेरिका र बेलायत जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।  

     

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ