काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ ।
आइतबार साझँ नेपाली टोली ट्रफी लिएर स्वदेश फर्किएको हो ।
शनिवार भएको फाइनल खेलमा सिङ्गापुरलाई दुई विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो । खेलाडीहरुलाई क्यानका सचिव पारस खड्का लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।


