काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
आगामी सेप्टेम्बर ६ र ९ मा काठमाडौंको दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो । दुवै खेल फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत खेलिनेछ ।
एएफसी एसियाली कप छनोटमा बाँकी खेलहरू अघि यी मैत्रीपूर्ण खेलहरूले नेपालको लागि महत्वपूर्ण तयारीको रूपमा खेलिने एन्फाले जनाएको छ ।
नेपालले अब जारी छनोटको भागको रूपमा अक्टोबर ९ मा घर बाहिर भियतनामसँग खेल्ने तालिका छ ।


