शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राप्रपा र रास्वपाले गरे संसद् बैठक बहिष्कार

एक्सप्रेस पाना
आषाढ २३, २०८२ सोमबार
  • 215
    SHARES
  • राप्रपा र रास्वपाले गरे संसद् बैठक बहिष्कार

    काठमाडौं ।  प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद बैठक बहिष्कार गरेका छन् ।

    images

    भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएको भन्दै दुवै दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका हुन् । रास्वपा सांसद मनिष झा र राप्रपा सांसद दिपकबहादुर सिंहले भिटिज भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद बहिष्कार गर्ने बताए ।

    बैठक सुरू हुनेवित्तिकै उनीहरूले अवरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले पहिला रास्वपा सांसद झा र त्यसपछि राप्रपा सांसद सिंहलाई बोल्न समय दिएका थिए । उनीहरूले जतिसक्दो चाँडो छानबिन समिति गठनको माग गरे ।

    images

    भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि संसदमा विरोध गर्दै आएको छ । 

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # रास्वपा