काठमाडौँ । नेकपा एमाले नेपाल पक्षको केन्द्रीय समिती बैठक बस्ने तयारी भएको छ । माधव नेपाल समूहले आफू पक्षको केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको हो । समय निर्धारण भइनसके पनि आजै बैठक बस्ने तयारी रहेको छ । काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य तथा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदसहितको बैठक बस्न लागेको हो।
सोमबार बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णयपछि बस्न लागेको यो बैठकलाई महत्त्वका साथ हेरिएको छ। देउवाले विश्वासको मत लिँदै गर्दा तटस्थ बसेका १० सांसद माधव पक्षको उक्त केन्द्रीय कमिटी बैठकमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने विषयलाई पनि महत्त्वका साथ हेरिएको छ ।
शेरबहादुर देउवालाई विश्वासको मत दिने , नदिने आफ्नो समूूह सबै नेताहरूलाई नेता नेपालले बैठकमा डाकेका छन्। स्रोतका अनुसार सम्भवत यो बैठक पार्टी फुटाएर अघि बढ्ने कि एमालेमै रहेर संघर्ष जारी राख्ने भन्नेमा निर्णायक हुने छ।
नेपालले मंगलबार देउवालाई विश्वासको मत दिने सांसदहरूसँग मात्रै लामो छलफल गरेका थिए। उक्त बैठकमा केही दिनभित्रै आफ्नो समूहमा बहुमत जुट्न सक्ने सम्भावना रहेकोले ओलीलाई अध्यक्षबाट हटाउने रणनीतिका साथ अघि बढ्नेसम्मको छलफल भएको थियो ।
.jpg)
