काठमाडौं । मलेशियामा सम्पन्न भएको यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
क्यानका अनुसार टोलीका खेलाडी र अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्न लागिएको हो । खेलाडीको हौसला बढाउन नगदसहित सम्मान गर्न लागेको क्यानले जनाएको छ ।
फाइनल खेदमा सिङ्गापुरलाई हराउँदै नेपाली युवा टोलीले उपाधि जितेको थियो ।



