काठमाडौं । जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसंग पराजित भएको छ ।
आइतबार भएको खेलमा नेपाल बंगलादेशविरुद्ध ३–२ गोल अन्तरले पराजित भएको हो ।
नेपालले दोस्रो हाफमा २ गोल फर्काएर बराबरी गरेको थियो । तर, इन्जुरी समयको अन्तिम मिनेटमा बंगलादेशले गोल गर्दै रोमाञ्चक जित निकालेको हो ।
नेपालका लागि अनिशा राईले दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गरेकी थिइन भने ८६औँ मिनेटमा मीना देउवाले बराबरी गोल गरेकी हुन्। खेलको दोस्रो हाफमा नेपालकी डिफेन्डर सिम्रन राई र बंगलादेशकी फरवार्ड सागोरिकाबीच हात हालाहाल भएपछि दुवैले रातो कार्ड पाए ।
जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ६–१ ले हराएको थियो । नेपालले अब तेस्रो खेलमा मंगलबार श्रीलंकासँग प्रतिस्पर्धा गर्ने तालिका छ ।


