काठमाडौं । फिफा क्लब विश्वकपको उपाधि चेल्सीले जितेको छ ।
गएराती सम्पन्न फाइनल खेलमा पिएसजीलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो । चेल्सीको जितमा कोल पलामरले २ गोल गरे भने जोआओ पेड्रोले एक गोल गरेका थिए ।
यस खेलमा खेलको ८५औं मिनेटमा पिएसजीका जोआओ नेभेजले रातो कार्ड पाएका थिए ।
विजेता चेल्सीलाई अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रफी प्रदान गरेका थिए ।


