काठमाडौं । साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकाविरुद्ध खेल्दै छ ।
यो खेल नेपाली समय अनुसार साँझ ६:४५ बजेदेखि शुरु हुनेछ ।
यसअघि सम्पन्न खेलमा नेपालले दुई खेलमा एक जित र एक हार बेहोरेको छ । श्रीलंकाले भने आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ ।
नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ ।


