आइतबार, भाद्र २८ गते २०८३
images

साफ यू-२० महिला फुटबल च्याम्पियनसिप:श्रीलंकामाथी नेपालको शानदार जित

एक्सप्रेस पाना
आषाढ ३२, २०८२ बुधबार
  • 196
    SHARES
  • साफ यू-२० महिला फुटबल च्याम्पियनसिप:श्रीलंकामाथी नेपालको शानदार जित

    काठमाडौं । साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा श्रीलंकालाई हराउँदै नेपालले फराकिलो जित हासिल गरेको छ ।

    images

    गएराति सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

    नेपाल यस जितको लागि मीना देउवाले ह्याट्रिक गरेकी थिइन् भने पुर्णिमा राईले दुई गोल गरिन् । त्यसैगरी समीक्षा मगर र सरिता नाथले एक एक गोल गरेका थिए । 

    images

    नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।

    नेपालले अब अर्को खेल जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । 

     

  • सम्बन्धित विषय:

  • # यू-२० महिला फुटबल च्याम्पियनसिप