शुक्रबार, श्रावण २९ गते २०८३
images
images

काठमाडौं महानगरको बजेट पारित

एक्सप्रेस पाना
आषाढ ३२, २०८२ बुधबार
  • 229
    SHARES
  • काठमाडौं महानगरको बजेट पारित

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ को लागि बजेट पारित गरेको छ । 

    images

     गत आइबार प्रस्ताव गरेको बजेट बुधबार महानगर प्रमुख बालेन्द्र शाह बोलनको अध्यक्षतामा बसेको नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बठैकले बजेट पारित गरेको हो । 

    संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहलले ल्याउनुपर्ने समयसीमाभन्दा ढीला गरी काठमाडौं महानगरले २५ अर्ब  ७६ करोड ४३  लाख ४१ हजारको बजेट प्रस्ताव गरेको थियो ।

    images

    प्रस्तावित बजेटमा पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात् रु १२ अर्ब ८० करोड ८३ लाख १४ हजार, सामाजिक विकासतर्फ २० प्रतिशत अर्थात् रु ५ अर्ब २ करोड २८ लाख ६८ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात् रु ३ अर्ब १ करोड ३७ लाख २१ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १४ प्रतिशत अर्थात् रु ३ अर्ब ५१ करोड ६० लाख ८ हजार र आर्थिक विकासतर्फ ३ प्रतिशत अर्थात् रु ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # बजेट