काठमाडौं । साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले श्रीलंकाविरुद्ध खेल्दै छ ।
यो खेल नेपाली समय अनुसार दिउसो २:४५ बजेदेखि शुरु हुनेछ। नेपालले श्रीलंकासँग दोस्रो पटक खेल्न लागेको हो । यस अघिको खेलमा नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको थियो
जारी प्रतियोगितामा नेपालले खेलेका ३ खेलमा २ जित हासिल गरेको छ । त्यस्तै श्रीलंकाले भने लगातार तेस्रो हार बेहोरेको छ ।
यस प्रतियोगितामा नेपालले अब अर्को खेल जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।
नेपाली टिम:
गोलकिपरः लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ । डिफेन्डरः सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पाण्डक, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई र सीता रोकाया । मिडफिल्डरस् कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी ९कप्तान० र सेनु परियार । फरवार्डः कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।


