काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्यान्डको वेलिङ्टन फोनिक्स एफसी क्लबमा अनुबन्ध भएकी छिन् ।
उनलाई वेलिङ्टनले आगामी दुई सिजनका लागि अनुबन्ध गरेको हो ।
साम्बा यस अघि फ्रान्सको शीर्ष डिभिजन लिग क्लब ग्वेन्ग्याम्पमा अनुबन्ध भएकी थिइन् । क्लबमा दुई सिजन बिताएर उनले बिदा लिएकी हुन् ।
साम्बाले सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेख्दै क्लब र समर्थकहरूलाई धन्यवाद दिएकी छन् ।
"हामीले पछिल्लो दुई वर्ष बिताएको अद्भुत यात्राको लागि धेरै धन्यवाद। हामीले यात्रा दौरान गरेको प्रगतिमा मलाई सदैव गर्व रहनेछ र यसको अर्थ मेरो करिअरमा विशाल रहनेछ,उनले लेखेकी छन्, हामी दुवै नयाँ शुरूआतको अलग हुने समय आएको छ, तर क्लब र समर्थकहरूले मलाई दिएको मायाका लागि म सधैं आभारी रहनेछु। जहाँ भए पनि मेरो समर्थन क्लबलाई रहनेछ। "



