काठमाडौं । साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा श्रीलंकालाई हराउँदै नेपाल विजयी भएको छ ।
बंगलादेशको ढाकामा जारी खेलमा नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको हो ।
नेपालका लागि कुसुम खतिवडा र समिक्षा मगरले २-२ गोल गरे भने पुर्णिमा राई, बिर्साना चौधरी र सरिता कुमारीले एक एक गोल गरे ।
जारी च्याम्पियनसिपमा नेपालको यो चार खेलमा तेस्रो जित हो । नेपालले अब अर्को खेल जुलाई १९ मा भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।


