शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ग्लोबल हिरो अवार्ड प्रदान गरिने

एक्सप्रेस पाना
श्रावण २, २०८२ शुक्रबार
  • 605
    SHARES
  • ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ग्लोबल हिरो अवार्ड प्रदान गरिने

    काठमाडौं । ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई यस वर्षको प्रतिष्ठित ग्लोबल हिरो अवार्ड प्रदान गरिने भएको छ।

    images

    यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा प्रदान गरिनेछ।

    ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै ग्लोबल  अवार्ड प्रदान गर्दै आएको छ। यस वर्ष विशेषगरी ज्ञानेन्द्र शाही र कुलमान घिसिङको राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको अतुलनीय योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गर्न लागिएको हो।

    images

    न्यूयोर्कमा आयोजना हुने यो कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

    FotoJet.jpg

  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र शाही
  • # कुलमान घिसिङ