काठमाडौं । साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज भुटानविरुद्ध खेल्दै छ ।
यो खेल नेपाली समय अनुसार दिउसो २ः ४५ बजेदेखि शुरु हुनेछ ।
जारी प्रतियोगितामा नेपालले अहिलेसम्म खेलेका चार खेलमा तीन जितसहित ९ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ । त्यसैगरी भुटानले भने ४ खेलमा एक जित हासिल गरेको छ ।
यस प्रतियोगितामा नेपालले अब अर्को खेल अन्तिम खेल जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।


