काठमाडौं । साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले भुटानविरुद्धको फराकिलो जित निकालेको छ ।
बंगलादेशको ढाकामा सम्पन्न खेलमा नेपालले भुटानलाई ८-० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा पुर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरेका थिए भने कुसुम खतिवडा र समिक्षा मगरले एक एक गोल गरे।
जारी प्रतियोगितामा नेपालले अहिलेसम्म खेलेका ५ खेलमा चार जितसहित १२ अंक हासिल गरेको छ । नेपालले अब अर्को खेल अन्तिम खेल जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।


