काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसीले प्रदान गर्ने आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको छ ।
क्यानले आइतबार सामाजीक सञ्जालमार्फत आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको जानकारी गराएको हो । यो सँगै क्यानले नेलगातार दुई वर्ष यो अवार्ड जितेको हो ।
क्यानले क्षेत्रीय विजेताको रूपमा रहेका अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, र इस्ट एसिया प्यासिफिक बाट इन्डोनेसियालाई पछि पर्दै आइसीसीको डेभलपमेन्ट क्यटोगेरी अन्तर्गतको डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको हो ।
यसअघि गत वर्ष पनि नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको थियो ।



