शनिबार, भाद्र २७ गते २०८३
images

प्रशिक्षक अल्मुताइरी र एन्फा अध्यक्ष कर्मछिरी शेर्पालेबीच छलफल 

एक्सप्रेस पाना
कार्तिक ३, २०७८ बुधबार
  • 374
    SHARES
  • प्रशिक्षक अल्मुताइरी र एन्फा अध्यक्ष कर्मछिरी शेर्पालेबीच छलफल 

    कात्तिक ३ काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले माल्दिभ्सको मालेमा भएको साफ च्याम्पियनसिपको फाइनल अगाडि नै आफूले राजीनामा दिने बताएका थिए । 

    images

    फाइनलपछि उनले आफू नेपाल नफर्किने मात्र बताएनन्, आफू कसैको नोकर नभएको विवादास्पद अभिव्यक्ति पनि दिएका थिए । यता अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मछिरी शेर्पाले बुधबार एउटा तस्वीर सार्वजनिक गरेका छन् । उनले अल्मुताइरीसँगको तस्वीरमा नेपालको फुटबलको विषयमा छलफल गर्दै भन्ने लेखेका छन् ।

     उनले लेखेका छन्
    नेपाली राष्ट्रिय फुटबल टीमलाई थप मजबुत बनाउने सम्बन्धमा आजको हाम्रो छ्लफल ।

    images