काठमाडौं । नेपाललाई हराउँदै बंगलादेशले साफ यू-२० महिला फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
सोमबार ढाकामा भएको खेलमा बंगलादेशसँग नेपाल ४-० गोल अन्तरले पराजित भएको हो ।
बंगलादेशको जितमा चारै गोल मोसमत सगोरिकाले गरेकी थिइन् । यो जितसँगै बंगालदेशले साफ यू-२० महिला फुटबल च्याम्पियनसिप जितेको हो।
नेपालले यो हारसँगै उपविजेतामा चित्त बुझाएको छ ।


