शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपिएलको दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

एक्सप्रेस पाना
श्रावण ६, २०८२ मंगलबार
  • 239
    SHARES
  • एनपिएलको दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले नयाँ लोगो सार्वजनिक गरेको छ ।

    images

    लुम्बिनीले लायन्सले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो । सम्पदा, भावना र राष्ट्रिय गौरवको सम्मान गर्दै लुम्बिनी लायन्सको नयाँ लोगो प्रस्तुत गरेको उनीहरुको भनाई छ । 

    नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा स्थापित स्तम्भ, नेपालको राष्ट्रिय झण्डा झल्काउने तत्वहरुसमावेश गरिएको छ । 

    images

    नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा पहिलो संस्करण खेलको लुम्बिनीले अपेक्षा अनुरुपको प्रदर्शन गर्न सकेको थिएन । पहिलो संस्करणमा खेलेको ७ मध्ये १ खेल मात्र जितेको लुम्बिनी अंक तालिकाको पुछारमा रहेको थियो ।

    दोस्रो संस्करणका लागि लुम्बिनीले रोहित, विवेक यादव, तिलक राज भण्डारी, अविसेस गौतम, सन्दीप जोरा र दिनेश अधिकारीलाई रिटेन गरेको छ ।

  • सम्बन्धित विषय:

  • # एनपिएल
  • # लुम्बिनी लायन्स