काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करण पनि भारतीय चर्चित टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले एक अन्तर्वातामा एनपिएलको दोस्रो संस्करणका खेलहरु स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने बताएका हुन् ।
यसअघि एनपिएलको पहिलो संस्करणको खेलहरु पनि स्टार स्पोर्टस् बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।



