काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले बुधबार पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद विन्ध्याबासिनी कंसाकार र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो धारणा राखेपछि बैठक बहिष्कार गरेका हुन् ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् ।
दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि लगातार संसदमा विरोध गर्दै आएका छन् ।



