शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पूर्वराष्ट्रपति भण्डारीकी छोरी उषाकिरण भन्छिन् - निर्णय र निर्णयमा पुग्न गरिएका तिगडमबाट अच्चमित छैन

एक्सप्रेस पाना
श्रावण ७, २०८२ बुधबार
  • 215
    SHARES
  • पूर्वराष्ट्रपति भण्डारीकी छोरी उषाकिरण भन्छिन् - निर्णय र निर्णयमा पुग्न गरिएका तिगडमबाट अच्चमित छैन

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको निर्णयबाट आफु अचम्मित नभएको बताएकी छन् ।

    images

    सामाजिक सञ्जालमा लेख्दै उषाले निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट आफु अच्चमित नभएको उल्लेख गरेकी हुन् । उनले लेखेकी छन् ,"तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ रु निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीं अच्चमित छैन । म खुसी छु कि यो खुला रूपमा बाहिर आयो ।"

    उषा किरणले एमालेलाई समर्थन गर्न नसकिने तहमा पुर्‍याएको समेत बताएकी छन् । साथै उनले एमालेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई प्रकरण भनेकी छन् ।

    images

    "आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग, मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार नेकपा एमालेमा नैतिक मर्थन गर्न पनि देखिने गरि प्रस्तुत हुंदैन, हामीलाई त आमाले राजनिती गर्न मनछैन भनेपनि सधैं देखिने गरि पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु , टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो । तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो, नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउनेरहेछन् । र नैतिक समर्थन खोज्दैनन् पनि । यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो त्यस कारण यो प्रकरणलाई धन्यवाद "

    एमालेको मंगलबार रातिसम्म बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउनबाट रोक्ने निर्णय गरेको थियो।
     

  • सम्बन्धित विषय:

  • # विद्यादेवी भण्डारी
  • # उषाकिरण