आइतबार, भाद्र २८ गते २०८३
images

एलिसन स्पोट्र्सले काठमाडौंमा ‘दोस्रो महिला फुटसल च्याम्पियनसीप’ गर्ने

एक्सप्रेस पाना
श्रावण ९, २०८२ शुक्रबार
  • 392
    SHARES
  • एलिसन स्पोट्र्सले काठमाडौंमा ‘दोस्रो महिला फुटसल च्याम्पियनसीप’ गर्ने

    काठमाडौं । एलिसन स्पोट्र्स प्रालिको आयोजनामा काठमाडौंको पेप्सीकोलामा ‘दोस्रो महिला फुटसल च्याम्पियनसिप–२०८२’ आयोजना हुने भएको छ । 

    images

    नेपाली महिलाहरुलाई फुटबल तथा फुटसल खेलमा प्रोत्साहन गर्ने उद्देश्यले यही भाद्र १८ गते आयोजना हुने प्रतियोगितामा नेपालभरका कुनैपनि स्थानमा बसोबास गर्ने महिलाहरुले आफ्नो टिम बनाएर सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

    लिग कम नकआउट आधारमा खेलाइने प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक टिमले ८ जना खेलाडी, १ जना कोच र १ जना टिम मेनेजरसहित १० जनाको टोली तयार गर्नुपर्ने सचिव रुपेश थापाले बताएका छन् ।  

    images

    सबै उमेर समूहको महिलाले सहभागिता जनाउन पाउन भन्ने उद्देश्यले १६ वर्षसम्मकाले जुनियर टिम र १६ वर्षभन्दा माथिकाले सिनियर टिममा सहभागिता जनाउन पाउनेछन् । सिनियर टिममा सहभागिता जनाउन खुल्ला भएकाले राष्ट्रिय खेलाडी वा ‘ए’ डिभिजनमा खेलिसकेका खेलाडीहरुले पनि खेल्न पाउने अध्यक्ष सगुन थापा मगरले बताए ।

    सिनियरतर्फको विजेता टिमले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही २ हजार ५ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

    यसैगरी जुनियरतर्फको विजेता टिमले २० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुका साथै उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही  १ हजार ५ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने मगरले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि आवेदन खुल्ला गरिसकिएकोले इच्छुक टिमले सिनियरतर्फ .५ हजार ५ सय रुपैयाँ र जुनियरतर्फ ३ हजार रुपैयाँ दर्ता शुल्क बुझाइ, फर्म भरी परिचयपत्र भाद्र १५ गते आइतबार बेलुका ५ बजेसम्म बुझाएर टिम दर्ता गराउनुपर्ने बताइएको छ । यसैगरी सो समयपश्चात आएका फर्मलाई टाइसिटमा सहभागिता नगराउने आयोजकले बताएको छ । 

    प्रतियोगिताको मुख्य उद्देश्य बढीभन्दा बढी नयाँ महिला खेलाडीलाई खेलमा सहभागी गराउनका साथै राष्ट्रिय टिममा उपस्थितिका लागि यसले खुड्किलोको भूमिका खेल्ने आयोजकले बताएका छन् । पहिलो महिला फुटसल च्याम्पियनसिप २०८१ मा सिनियर र जुनियर गरेर २० टिमको सहभागिता रहेको थियो भने यस पटक कम्तीमा ३२ टिमको सहभागिता गराउने लक्ष्य लिइएको आयोजक संस्थाकी उपाध्यक्ष एलिना मगरले जानकारी दिइन । यस पटकको टुर्नामेण्टको थिम सि विन्स अर्थात् उनी जित्छिन् भन्ने छ । यसैले फुटबल वा फुटसलमा चासो राख्ने महिलालाई खेलमा सहभागि हुन र सहयोग गर्न उपाध्यक्ष मगरले आह्वान गरिन् । 

    यस टुर्नामेण्टको अफिसियल मिडिया नेपाल न्युज बैंक समाचार एजेन्सी रहेको छ भने अफिसियल लाइभ मिडियामा गोल नेपाल डटकम रहेको छ । 

  • सम्बन्धित विषय:

  • # एलिसन स्पोट्र्स