शुक्रबार, श्रावण २९ गते २०८३
images
images

डिजिटल अर्थतन्त्रबाट वर्षको एक खर्ब रुपैयाँ भित्रिएको शिक्षामन्त्रीको दाबी

एक्सप्रेस पाना
श्रावण ११, २०८२ आइतबार
  • 315
    SHARES
  • डिजिटल अर्थतन्त्रबाट वर्षको एक खर्ब रुपैयाँ भित्रिएको शिक्षामन्त्रीको दाबी

    काठमाडौं  । शिक्षामन्त्री रघुजी पन्तले नेपालमा डिजिटल अर्थतन्त्रको तीव्र विस्तारसँगै विदेशबाट वर्षमा झन्डै एक खर्ब रुपैयाँ भित्रिने गरेको बताएका छन् ।

    images

    शनिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं महानगरपालिका–१५ वडा कमिटीले आयोजना गरेको एसईई सम्मान, बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री पन्तले अहिले नेपालमा ठूलो संख्यामा युवाहरू डिजिटल माध्यमबाट घरमै बसेर विदेशी कम्पनीहरूसँग काम गरिरहेको उल्लेख गरेका हुन् । 

    उनले भने, ‘मैले तपाईंहरूलाई भन्छु, अहिले काठमाडौँमा ८० देखि १ लाख मान्छे, त्यस्ता छन् युवाहरू, जसले कुनै जागिर खाँदैनन्, तर महिनाको अढाई लाख, तीन लाखदेखि ५०–६० हजार घरै बसीबसी कमाउँछन् । त्यो भनेको के हो भन्दाखेरि, विदेशका विभिन्न कम्पनीबाट, कम्पनीसँग काम लिएर यहाँ आफ्नो ल्यापटपमा काम गरेर उहाँ पठाएर उहाँबाट विदेशी पैसा ल्याउँछन् ।’

    images

    शिक्षामन्त्री पन्तले युवाहरूले विदेशी कम्पनीहरूसँग अनलाइनमार्फत काम गरेर नेपालमा विदेशी मुद्रा भित्राइरहेको बताए । ‘अहिले डिजिटल कामबाट वर्षमा झन्डै एक खर्ब रुपैयाँ नेपालमा भित्रिरहेको छ,’ उनले भने, ‘यदि यो क्षेत्रलाई उचित रूपमा विकास गर्न सकियो भने, यो कमाइ ८–१० खर्ब रुपैयाँसम्म पु¥याउन सकिने सम्भावना छ ।’

    उनले डिजिटल अर्थतन्त्रलाई भविष्यको सम्भावनायुक्त क्षेत्रका रूपमा चित्रण गर्दै युवाहरूलाई यसतर्फ आकर्षित हुन समेत आग्रह गरे ।
    कार्यक्रममा मन्त्री पन्तले प्रविधि, शिक्षा र सीपमूलक तालिमको अभावका कारण थुप्रै नेपाली युवाहरू विदेशिनु परेको उल्लेख गर्दै, स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बताए । 

  • सम्बन्धित विषय:

  • # शिक्षामन्त्री
  • # रघुजी पन्त