आइतबार, भाद्र २८ गते २०८३
images

पुरुष राष्ट्रिय क्रिकेट टोलीका लागि जर्सी प्रयोजन प्रस्ताव आह्वान

एक्सप्रेस पाना
श्रावण १४, २०८२ बुधबार
  • 470
    SHARES
  • पुरुष राष्ट्रिय क्रिकेट टोलीका लागि जर्सी प्रयोजन प्रस्ताव आह्वान

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । 

    images

    क्यानले बुधवार सावर्जनिक सुचना जारी गर्दै न्यूनतम वार्षिक २ करोड रुपैयाँको तीन वर्षे अबधिको प्रायोजन प्रस्ताव आह्वान गरेको हो ।

    प्रस्तावको रकम भने आपसी समझदारीमा भने बढाउन सकिने क्यानले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । सरकारबाट मान्यता प्राप्त विभिन्न कम्पनी तथा ब्राण्डहरुले यसका लागि आवेदन दिन सक्नेछन् ।

    images

    प्रस्ताव पेश गर्न इच्छुक कम्पनीहरुले साउन १९ गते बिहान ११ बजेसम्म काठमाडौंको मुलपानीस्थित क्यानको कार्यालयमा आवेदन दिन सक्नेछन् । प्रायोजक कम्पनीको ब्रान्ड लोगो पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सीको अगाडिको भागमा राखिनेछ ।

  • सम्बन्धित विषय:

  • # पुरुष राष्ट्रिय त्रिकेट टोली