काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ ।
बुधबार अखिल नेपाल फुटबल संघले दशरथ रंगशालामा नेपाली टोलिलाई बिदाई गरेको हो ।
भुटानमा यही अगस्ट ६ देखि १० सम्म हुने एएफसी यू–२० महिला एसियन कप छनोट को लागि बिहिबार त्यसतर्फ प्रस्थान गर्नेछ ।
कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, केन्द्रीय सदस्य भरत बुढ थापा र अनिल मल्ल लगायतले टिमलाई बिदाई गरेका थिए ।
बिदाई कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले टिमलाई सफलताको शुभकामना दिए ।
प्रतियोगिताको समूह 'ए'मा नेपालले आयोजक भुटानसँगै साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेलमा ६ अगस्टमै आयोजक भुटानसँग खेल्नेछ।


