आइतबार, भाद्र २८ गते २०८३
images

नेपाली बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

एक्सप्रेस पाना
श्रावण १५, २०८२ बिहीबार
  • 221
    SHARES
  • नेपाली बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

    काठमाडौं । एसियाली यु–१९ तथा यु–२२ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।

    images

    जुलाइ ३१ तारिखदेखि सुरु हुने प्रतियोगितामा ४ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । 

    यु–१९ को ५० केजीमुनि चन्दन शाही र ६० केजीमुनि शेराप गेल्छेन शेर्पा तथा यु–२२ को ५० केजीमुनि अर्पिल राना र ६० केजीमा इन्द्रबहादुर सुनारले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा दीपक महर्जन रहेका छन् ।

    images

    टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले र महासचिव मानबहादुर भण्डारीलगायतले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

  • सम्बन्धित विषय:

  • # बक्सिङ टोली