काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न नेपाली टिम भुटान प्रस्थान गरेको छ ।
यही अगस्ट ६ देखि १० सम्म भुटानमा हुने खेलका लागी विहिबार बिहान नेपाली टिम भुटानतर्फ प्रस्थान गरेको हो ।
नेपाली यू -२० महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघले बुधबार दशरथ रंगशालामा बिदाई गरेको थियो ।
प्रतियोगिताको समूह 'ए'मा नेपाल भुटान साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेल भुटानसँग अगस्त ६ मा खेल्ने छ ।


