सोमबार, कार्तिक १७ गते २०८३
images
images

मुख्यमन्त्रीका प्रेस संयोजकमा कोइराला गण्डकी

एक्सप्रेस पाना
आषाढ २०, २०७८ आइतबार
  • 420
    SHARES
  • २० असार
    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका प्रेस संयोजकमा आदर्श समाज दैनिकका सम्पादक भरत कोइराला नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले उहाँलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
    दुई दशकअघि अन्नपूर्ण पोष्टदेखि पत्रकारिता शुरु गर्नुभएका कोइरालाले केन्द्रीय डेस्कमा कार्यरत रहनाका साथै २०६५ सालदेखि पोखरामा दि हिमालयन टाइम्स र अन्नपूर्ण पोष्टको ब्युरो चिफ सम्हाल्नुभएको थियो        । 
    विसं २०७२ देखि समाधान दैनिकमा आबद्ध उहाँले त्यहाँ कार्यकारी सम्पादकको भूमिकामा रहनुभएकामा गत वर्ष पुसदेखि आदर्श समाजमा सम्पादकको जिम्मेवारी सम्हाल्नुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर कोइराला संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष पनि हुनुहुन्छ । 

    images