शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन,व्यवस्थापक र सेवक मात्रै हुन्छ:प्रधानमन्त्री ओली

एक्सप्रेस पाना
श्रावण १८, २०८२ आइतबार
  • 293
    SHARES
  • लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन,व्यवस्थापक र सेवक मात्रै हुन्छ:प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएको बताएका छन् । 

    images

    पूर्व प्रमुुख निर्वाचन आयुक्त सूूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत:नेपालको निर्वाचन इतिहास’  पुस्तकको आइतबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार शासक नभइ, व्यवस्थापक र सेवक मात्रै हुने बताएका हुन् ।

    ‘लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार हुन्छ र जनताप्रति उत्तरदायी हुन्छ । यस प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र सेवक मात्रै हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो ध्येय सुशासन र समृद्धि हो । कोही पनि अराजक भएनन् भने सरकारले कानुुन लगाइरहन पर्दैन । अराजकता देखिएमा त्यसलाई कानुनुले आफ्नो बाटो लिनुुपर्ने हुन्छ ।’

    images

    यसैगरी उनले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेको बताए । प्रतिनिधिसभाका बैठकहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातारको अवरोध र बहिष्कारलाई सङ्केत गर्दै संविधान र कानुनभित्र रहेर स्वतन्त्रपूर्वक आफ्ना कुरा राख्न पाएको अवस्थामा पनि व्यवस्थाभित्रै छिरेर व्यवस्थाविरुद्ध आगो लगाउन खोज्ने प्रवृत्ति गलत भएको टिप्पणी गरे ।

    प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली आफैंमा गलत नभएको तर यसलाई कार्यान्वयन गर्ने प्रक्रियाका सन्दर्भमा कतिपय गलत प्रवृत्ति रहेकाले प्रक्रियामा देखिएका कमीकमजोरी सुधार्नुपर्नेमा जोड दिए ।

    प्रधानमन्त्री ओलीले नेपालको निर्वाचन प्रणाली खर्चिलो भएको र उम्मेदवारहरुले सीमाभन्दा बढी खर्च गर्ने गरेको सन्दर्भमा वक्ताहरुले गरेका टिप्पणीको प्रतिवाद गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अनुुभवमा त्यस्तो नभएको स्पष्ट पारे । 

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली