काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् ।
पार्टीको आन्तरिक विवादपछि संसदीय दलको नेताको हसियत गुमाएका लामाले आइतबार राजीनामा दिएका हुन् ।
उनले पार्टीभित्रको छलफलपश्चात् पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा राजीनामा दिएको बताएका छन् ।
लामाले २०८१ को साउन ९ गते मुख्यमन्त्रीको शपथ लिएका थिए ।



