काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान प्रस्थान गरेका छन् ।
भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आइतबारराति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसदका सदस्य सूर्यबहादुर थापा क्षेत्री र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरू रहेका छन् ।

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान गरेसंगैराष्ट्र्पति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरि तोकेका छन् ।
प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने छन् ।



